क्रिस हिप्किङ्स न्युजिल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने

377 Shares

लेबर पार्टीका नेता  क्रिस हिप्किङ्स न्युजिल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।
लेबर पार्टीको दलको नेताबाट वर्तमान प्रधानमन्त्री जसिन्डा आर्डेनले राजिनामा दिएसगैँ आज लेबरले नयाँ दलको नेता पाएको छ । दलको नेतामा क्रिस हिप्किङ्स ले एकल उमेदवारी दिएका थिए ।
संसदमा ६५ सांसद सहित बहुमतमा रहेको लेबर पार्टीकी प्रधानमन्त्री आर्डेनले बिहीवार राजिनामा दिएकी थिईन् । उनको राजिनामा आएसगैँ लेबर भित्र अब देशको प्रमुख को बन्ने चर्चा सुरु भएको थियो । सरकारले आउँदो अक्टोबर १४ तारिकका दिन आमनिर्वाचन गर्ने घोषणा गरेपछि अब बन्ने सरकार भने ८ महिनाको हुने छ । त्यस्पछि चुनावको नतिजा अनुसार नयाँ सरकार बन्ने छ ।  नयाँ प्रधानमन्त्री हिप्किङ्स जसिन्डा सरकारको पालामा कोभिड १९ रेस्पोन्स मन्त्री थिए । पछिल्लो समय मन्त्रीपरिषद बिस्तार हुँदा उनलाई शिक्षा मन्त्रालय सम्हाल्ने जिम्मा दिईएको थियो ।

सम्बन्धित समाचार

सबै