न्युजिल्याण्डले आज नयाँ प्रधानमन्त्री पाउन सक्ने

313 Shares

न्युजिल्याण्डले आज बिहान ९ बजे सम्ममा नयाँ प्रधानमन्त्री पाउन सक्ने भएको छ ।
लेबर पार्टीको तर्फबाट दलको नेतामा कुनै एक जनाको उमेदवारी परे न्युजिल्याण्डले नयाँ प्रधानमन्त्री पाउने छ ।
संसदमा बहुमतमा रहेको लेबर पार्टीको दलको नेता न्युजिल्याण्डको प्रधानमन्त्री बन्ने छ । दलको नेता जसिन्डा आर्डेनले बिहीवार
राजिनामा दिएसगैँ लेबरले आज ९ बजे सम्म सांसदहरुलाई दलको नेतामा आफ्नो उमेदवारी दिन भनेको थियो । यदी दुई वा बढी उमेदवारी परे, आईतबार निर्वाचन मार्फत दलको नेता चयन गरिने छ र न्युजिल्याण्डले आईतबार नयाँ प्रधानमन्त्री पाउने छ ।

सम्बन्धित समाचार

सबै