अकल्याण्ड: समुन्द्रमा डुबेर दुई भारतियको मृत्‍यु

559 Shares

अकल्याण्डको पिहा समुन्द्र तट ( Piha Beach) मा डुबेर दुई जना भारतियको मृत्‍यु भएको छ ।
शनिबार साझँ भएको घटनामा परि भारत गुजरातका २८ वर्षिय सौरिन नयनकुमार पट्टेल र ३१ वर्षिय अन्सुल शाहको मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

छुट्टीको दिन घुम्न गएको र सोही समय समुन्द्रमा पौडी खेल्न जाँदा उनिहरु डुबेका थिए । प्रत्यक्षदर्शीका अनुसार उनिहरु पौडी खेल्न असुरक्षित रहेको ठाउँमा थिए । उनिहरुको तत्काल उद्दार भएपनि दुवैको मृत्‍यु भईसकेको प्रहरीले जानकारी दिएको छ । दुवै मृतकहरु गत वर्ष मात्र न्युजिल्याण्ड आएका थिए । पट्टेल २०२२ को अगस्तमा न्युजिल्याण्ड आएका थिए भने शाह नोभेम्बरमा आएका थिए । दुईजना नै अकल्याण्डमा कार्यरत थिए ।

उनिहरुको निधनप्रती वेलिङटन स्थित भारतिय दुतावास र हाई कमिशनले दु:ख व्यक्त गरेको छ । गुजराति समाज अकल्याण्डले उनिहरुको निधनमा शोक प्रकट गर्दै, आईतबार घटना भएको स्थानमा श्रद्दान्जली कार्यक्रमको आयोजना गरेको छ ।

घटना पछि Piha Beach क्षेत्रमा पर्याप्त मात्रमा लाईभ गार्ड खटाईएको छ ।

 

सम्बन्धित समाचार

सबै