को हुन् न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री क्रिस हिप्किन्स ?

511 Shares

न्युजिल्याण्डको नयाँ प्रधानम्नत्री क्रिस हिप्किन्स देशको ४१ औं प्रधानमन्त्री हुन् ।
सन् १९७८ सेप्टेम्बर ०५ तारिकका दिन, हट भ्यालीमा जन्मिएका ४४ वर्षिय प्रधानमन्त्री हिप्किन्सको संसदिय यात्रा भने सन् २००८ बाट सुरु भएको हो । सन् २००८ यता उनी न्युजिल्याण्डको रेमुताका निर्वाचन क्षेत्रबाट न्युजिल्याण्डको प्रतिनिधि सभामा सांसद छन् । उनी जसिन्डा आर्डेनको सरकारमा सन् २०१७ देखि नै बिभिन्न मन्त्रालय सम्हाल्दै आएका थिए । प्रधानमन्त्री बन्नु अघि उनी न्युजिल्याण्डको शिक्षा मन्त्री थिए । त्यस्तै उनले जनसेवा मन्त्रालय, र प्रहरी मन्त्रालय समेत सम्हालेका थिए । उनी सन् २०१७ यता शिक्षा मन्त्री छन् । सन् २०२२ जुन मा तत्कालिन प्रधानमन्त्री जसिन्डा आर्डेनले मन्त्रीमन्डलमा हेरफेर गर्नु अघि हिप्किन्सलाई महत्वपूर्ण मन्त्रालय दिईएको थियो । न्युजिल्याण्डमा कोरोना महामारीले प्रवेश पाएपछि उनलाई जसिन्डाले नयाँ मन्त्रालय दिएकी थिईन् । नोभेम्बर २०२० उता स्वास्थ्य मन्त्रालय सम्हालेका हिप्किन्सले २०२० देखि २०२२ सम्म कोभिड १९ रेस्पोन्स मन्त्रीको जिम्मा पाएका थिए । गत साता जसिन्डा आर्डेनले प्रधानमन्त्री पदबाट आफु हट्न लाएको बताए पछि न्युजिल्याण्ड लेबर पार्टीमा उनको उत्तराधिकारी खोज्न सुरु गरिएको थियो । आफ्नो एकल नाम दलको नेतामा दिदै हिप्किन्स देशको ४१ औं प्रधानमन्त्री बनेका छन् । उनले बुधबार प्रधानमन्त्री पदको सपथ पनि लिएका छन् ।

सम्बन्धित समाचार

सबै