भोली औपचारिक राजिनामा दिँदै जसिन्डा, नयाँ प्रधानमन्त्रीको सपथ पनि भोली

371 Shares

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले भोली औपचारिक रुपमा राजिनामा दिने भएकी छिन् ।
गत हफ्ता उनले आफुले फेब्रुअरी ७ यता राजिनामा दिने बताएकी थिईन् । त्यस्पछि लेबर पार्टीमा जसिन्डाको उत्तराधिकारी खोज्न सुरु गरिएको थियो । शनिबार लेबर पार्टीका नेता क्रिस हिप्किङ्सले आफ्नो नाम अघि सारेपछि उनी देशको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । नयाँ प्रधानमन्त्री हिप्किङ्सले भोली सपथ लिने  छन् । उनलाई गभर्नर जनरल सिन्डी किरोले सपथ खुवाउने छिन् ।

सम्बन्धित समाचार

सबै