284
Shares
न्युजिल्याण्डका नवनियुक्त प्रधानमन्त्री क्रिस हिप्किन्सले न्युजिल्याण्डमा बढ्दो महँगी नियन्त्रण गर्न आफुले एक्सन लिने बताएका छन् ।
प्रधानमन्त्री पदको सपथ लिएलगतै बसेको क्याबिनेट बैठक पछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री हिप्किन्सले महँगी नियन्त्रण आफ्नो सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् । महँगी नियन्त्रण गर्न आफ्नो सरकारले नयाँ निति तथा योजना बनाउने उनले बताए । त्यस्तै प्रधानमन्त्री हिप्किन्सले जनताले तिर्दै आएको करको प्रकृतिलाई पनि परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । सबै न्युजिल्याण्डबासीले एकनास कर नतिरेको बताउदैँ उनले करको बारेमा पनि आफ्नो सरकारले निर्णय लिने बताए ।