मौसम: Auckland र Bay of Plenty मा २ दिन भारी वर्षा हुने

267 Shares

न्युजिल्याण्डको नर्थ आईल्याण्डको बिभिन्न भागमा आगामी दुई दिन भारी वर्षा हुने भएको छ । नर्थल्याण्ड, अकल्याण्ड, कोरोमन्डल, वे अफ प्लेन्टीमा भोली र पर्सी भारी वर्षा हुने चेतावनी मेटसर्भिसले जनाएको छ । त्यस्तै न्यु प्लाईमाउथ क्षेत्रमा पनि भारी वर्षा हुने छ । मेटसर्भिसका अनुसार आजै साझँबाट मौसममा बद्ली आई यि क्षेत्रमा भारी वर्षा हुने छ । नर्थ आईल्याण्डका अन्य भुभाग तथा साउथमा भने मौसम सफा रहने छ । केही स्थानमा सामान्य बद्लीको सम्भावना रहेपनि भारी वर्षा भने हुने छैन । नर्थल्याण्ड, अकल्याण्ड, कोरोमन्डल, वे अफ प्लेन्टीमा भने आईतबार बिहान सम्म भारी वर्षा हुने बताईएको छ ।

सम्बन्धित समाचार

सबै