एमालेले साथ नदिएको भए माओवादी सत्ताबाहिर हुन्थ्यो: प्रधानमन्त्री – New Zealand News Nepal (NZ News Nepal)

एमालेले साथ नदिएको भए माओवादी सत्ताबाहिर हुन्थ्यो: प्रधानमन्त्री

   January 27, 2023  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन नदिन बाहिर निकै तयारी भएकैले कांग्रेससँगको गठबन्धन टुटेको ब्रिफिङ पार्टी बैठकमा गरेका छन्। बिहीबार दिउँसो पेरिस डाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले कांग्रेससहितको गठबन्धन टुट्नुका कारणहरु खुलाएका हुन्।

‘कांग्रेससहित ४ दलीय गठबन्धन किन जोगिएन?,’ प्रचण्डले बैठकमा भने, ‘हाम्रो नेतृत्वमा सरकार बन्न नदिन बाहिर पूरै तयारी भएको रहेछ। त्यही वातावरण बनाएपछि कांग्रेस ढुक्क भएको रहेछ, नयाँ जनादेशपछि कांग्रेसले प्रधानमन्त्रीको दाबी नछोड्नुको कारण त्यही हो।’

पुस २ गते बालुवाटारमा भएको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूसँग गरेको समझदारीअनुसार काम नगरी बाहिरी तत्वको कुरा सुन्दा गठबन्धन छाड्नुपरेको प्रचण्डले बैठकमा बताएका छन्।

आफूसँगको समझदारी भुलेर कांग्रेसले धोका दिएको गुनासो प्रचण्डले गरेको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले नेपालखबरलाई बताए।