निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेको छ।
आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते अर्थात मार्च ९ तारिक बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते अर्थात मार्च १७ तारिक शुक्रबार हुनेगरी मिति तोकेको हो।
त्यसमा राष्ट्रपति र उपराष्ट्रपतिको मनोनय लगायतको कार्यतालिका छ। थपलियाले
उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए।
आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते अर्थात १२ मार्चमा सकिँदैछ।


