न्युजिल्याण्डमा आज २० नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका महानिर्देशक यस्ले ब्लुमफिल्डका अनुसार पछील्लो २४ घण्टामा २० जनामा कोरोनाको संक्रमण भेटिएको बताएका छन् । आज थपिएका सबै २० जना अकल्याण्डका हुन् । यो सँगै न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या ८०१ पुगेको छ । ८०१ जनामा ७९ जना निको भईसकेका छन् भने एक जनाको मृत्यु भएको छ । बाँकी ७७२ सकृय संक्रमित रहेका छन् ।


