308
Shares
राजकुमारी एन न्युजिल्याण्डको भ्रमणमा आउने भएकी छिन् । बेलायत लगायत न्युजिल्याण्डको समेत राजकुमारी रहेकी एन यही फेब्रुअरीको अन्तिम साता न्युजिल्याण्ड आउन लागेकी हुन् । उनी न्युजिल्याण्डमा रहदाँ पाल्मेसन नर्थमा सेनाको कार्यक्रममा सहभागी हुने बताईएको छ । त्यस्तै उनले वेलिङ्टनमा केही भेट्घाट समेत गर्ने छिन् । न्युजिल्याण्ड भ्रमण कै क्रममा उनले साउथ आईल्याण्डको भ्रमण पनि गर्ने कार्यक्रम रहेको छ । उनी क्राइसचर्च समेत जाने छिन् । उनिसगैं उनका पति Vice Admiral Sir Tim Laurence पनि न्युजिल्याण्ड आउने छन् । महारानी एलिबेथकी छोरी राजकुमारीको पछिल्लो न्युजिल्याण्ड भ्रमण भने सन् २०१० मा भएको थियो । प्रधानमन्त्री क्रिस हिप्किन्सले महारानीको स्वागत गर्न आफु उत्साहित रहेको बताएका छन् ।