575
Shares
न्युजिल्याण्डको ह्यामिल्टनमा जारी आठौँ तेन्जिङ हिलारी कपको उपाधी क्राइसचर्चको नेपाल युनाइटेड फूटबल क्लबले जितेको छ ।
आज सम्पन्न भएको फाईनल खेलमा नेपाल युनाइटेडले क्राइसचर्चकै टिम लोत्सम्पा ४-३ गोल अन्तरले हराएको हो । टिम लोत्सम्पा प्रतियोगिताको अघिल्लो संकरणको बिजेता हो । नेपाल युनाइटेडका तर्फबाट निरज बस्नेतले ३ गोल गरे भने सलिल ढुङेलले १ गोल गरेका थिए । दुई दिनसम्म चलेको प्रतियोगितामा न्युजिल्याण्डका बिभिन्न शहरका ९ फूटबल टोलीको सहभागिता थियो ।