नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि खनिएका छन्। आइतवार बसेको प्रतिनिधसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले कांग्रेसलाई निशाना साँधेका हुन् । उनले कांग्रेस पटक पट सत्तामा आउँदा देश विकासबारे सोच्दै नसोचेको पनि बताएका छन्। कांग्रेसले देश विकास सोचेको पनि छैन, देखेको पनि छैन र पढेको छैन’, उनले भने, ‘उहाँहरुकै अभिव्यक्तिले त्यो कुरा पुष्टि गरिरहेको छ।’ उनले अहिलेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार राष्ट्र समृद्ध बनाउन लागिरहेको बताएका छन् ।
‘राष्ट्र समृद्ध बनाउने र जनतालाई सुख दिने काम हामी गर्छौँ’, उनले भने, ‘चाहिएको त्यही हो। देशको विकास र गरिबी निवारण, सुशासन र भ्रष्टचाचार नियन्त्रणमा हामी लाग्छौँ। हो त्यही चिज यो सरकारले गर्छ।’ उनले यो सरकारलाई तलमाथि गर्ने कोसिस नगर्न पनि कांग्रेसलाई चेतावनी दिए। ‘यो सरकारलाई तलमाथि गर्ने प्रयास लोकतन्त्र र जनताको पक्षमा पनि छैन’, उनले भने, ‘राम्रो काम गरेको अर्को वैकल्पिक शक्ति पनि छैन। त्यसैले यो सरकारलाई तलमाथि गर्ने कोसिस नगर्नू।’