नयाँ प्रधानमन्त्रीको पहिलो बिदेश भ्रमण: आज बिहानै अष्ट्रेलिया प्रस्थान

380 Shares

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्स आज अष्ट्रेलिया भ्रमणमा गएका छन् ।
उनको यो भ्रमण प्रधानमन्त्री भएपछिको पहिलो बिदेश भ्रमण हो ।
उनी आज बिहान ६ बजे राजधानी वेलिङटनबाट सेनाको बिमान मार्फत अष्ट्रेलियाको राजधानी क्यानबेरा प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री हिप्किन्सले आफ्ना समकक्षी अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज सँग भेट्ने कार्यक्रम तय भएको छ ।
दुई प्रधानमन्त्री बिच क्यानबेरामा लन्च मिटिङ हुने बताईएको छ । न्युजिल्याण्ड र अष्ट्रेलियाको सम्बन्धका बारेमा बैठकमा कुरा हुने छ ।
क्यानबेरामा रहँदा अष्ट्रेलियाको संसदमा प्रधानमन्त्री हिप्किन्सको स्वागत गरिने छ । प्रधानमन्त्री हिप्किन्स केही मिडियाकर्मी र न्युजिल्याण्डका केही अधिकारीका साथ अष्ट्रेलिया  गएका हुन् । उनी आजै साझँ न्युजिल्याण्ड फर्किने कार्यक्रम छ ।

सम्बन्धित समाचार

सबै