487
Shares
Gabrielle चक्रवातले न्युजिल्याण्ड प्रवेश गरेसँगै यहाँको मौसममा निकै प्रभाव पर्ने भएको छ ।
उक्त चक्रवात हाल Coral Sea मा रहेको र केही दिन भित्र न्युजिल्याण्ड प्रवेश गर्ने मेट सर्भिसले जनाएको छ । आउदो आईतबारबाट न्युजिल्याण्डमा उक्त चक्रवातले प्रभाव पार्ने बताईएको छ । नर्थल्याण्ड, अकल्याण्ड, कोरोमन्डल, वाईकातो, बे अफ प्लेन्टी र गिसबर्नमा यस्को प्रभाव आईतबारबाट देखिने बताईएको छ । यि क्षेत्रमा भारी वर्षा र डुबान हुनसक्ने चेतावनी दिईएको छ । अकल्याण्डमा पुन: बाढी आउन सक्ने भन्दै सचेत रहन आवहान गरिएको छ ।