न्युजिल्याण्डमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २१ लाख ९१ हजार पुगेको छ ।
झन्डै ५० लाख जनसंख्या भएको न्युजिल्याण्डका ४३ % मानिस कोरोना रोगबाट संक्रमित भईसकेका छन् ।
मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६ पुगेको छ भने हाल कायम सकृय संक्रमितको संख्या ७ हजार ५ सय ३३ रहेको छ ।
२१ लाख ७९ हजार जना संक्रमण मुक्त भईसकेका छन् ।
पछिल्लो एक सातामा ८ हजार ८ सय ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै एक सातामा थप २६ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


