Gabrielle चक्रवातले आज राती न्युजिल्याण्ड प्रवेश गर्दै छ । मेट सर्भिसका अनुसार आज मध्यरातबाट न्युजिल्याण्डको भुभागमा चक्रवातले प्रवेश पाउने छ । यस्को प्रभाव नर्थ आईल्याण्डको उत्तरी भुभागमा पर्ने छ । अब आउने केही दिन नर्थ आईल्याण्डको मौसममा खराबी आउने छ । उक्त चक्रवात क्रमश साउथ तिर लाग्ने भएकाले साउथ आईल्याण्डमा पनि यस्को प्रभाव पर्न सक्ने बताईएको छ ।
उक्त चक्रवात केही दिन अगाडि Coral Sea मा रहेको र केही दिन भित्र न्युजिल्याण्ड प्रवेश गर्ने मेट सर्भिसले अनुमान गरेको थियो । भोली अर्थात आईतबारबाट न्युजिल्याण्डमा उक्त चक्रवातले प्रभाव पार्ने बताईएको छ । नर्थल्याण्ड, अकल्याण्ड, कोरोमन्डल, वाईकातो, बे अफ प्लेन्टी र गिसबर्नमा यस्को प्रभाव आईतबारबाट देखिने बताईएको छ । यि क्षेत्रमा हावाहुरी सहित भारी वर्षा र डुबान हुनसक्ने चेतावनी दिईएको छ । अकल्याण्डमा पुन: बाढी आउन सक्ने भन्दै सचेत रहन आवहान गरिएको छ ।
उता मौसममा आउन सक्ने खराबीले हवाई उडान हरु आजै बाट प्रभावित भएका छ । अकल्याण्डबाट उड्ने उडानहरु कटौती गरिएको छ । ४० % को हाराहारीमा उडानहरु रद्द गरिएको अकल्याण्ड एयरपोर्टले जनाएको छ ।