दुर्घटनामा मृत्‍यु भएका दिलिपको शव नेपाल पठाईयो, सहयोग गर्नेलाई दुतावासको तर्फबाट आभार

554 Shares

गत जनवरी २४ तारिकका दिन साउथ आईल्याण्डको विन्टनमा दुर्घटना परि मृत्‍यु भएका दिलिप दराईको शव न्युजिल्याण्डबाट नेपाल पठाईएको छ ।
उनको शव आज साझँ नेपाल पुग्ने न्युजिल्याण्डका लागि नेपाली अवैतनिक वाणिज्य दुत आत्मराम खनालले जानकारी दिनु भयो ।
जनवरी २४ तारिकका दिन लोसार मनाएर फर्किने क्रममा विनटनमा कार दुर्घटना हुँदा १ जनाको ज्यान गएको थियो भने अन्य ३ जना घाईते भएका थिए । दुर्घटनामा परि मृतक दराईकी श्रीमती चादनी चुमी पनि घाईते भएकी छिन् । त्यस्तै दुर्घटनामा मिलन गोले र अस्विन सुनार समेत घाईते भएका छन् ।
वाणिज्य दुत खनालले मृतक दिलिपको शव नेपाल पठाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद समेत दिनु भएको छ । बिशेष गरि दराईको शव नेपाल पठाउन दुतावासलाई सहयोग गर्ने गैर आवसिय नेपाली संघ, साउथल्याण्ड नेपलिज सोसाईटी, साउथ आईल्याण्ड प्रहरी लगायतलाई दुतावास र नेपाल सरकारको तर्फबाट धन्यवाद दिईएको हो ।

सम्बन्धित समाचार

सबै