322
Shares
न्युजिल्याण्डमा गत आईतबार प्रवेश गरेको चक्रवात Gabrielle ले नर्थ आईल्याण्डका बिभिन्न ठाउँमा निकै ठुलो प्रभाव पारेको छ ।
चक्रवातमा परेर हालसम्मा ६ जनाको मृत्यु भएको पुष्टि भईसकेको छ । अकल्याण्डमा दुई जना, हक्स बेमा दुइ जना, नेपियरमा एक जना र गिसबर्नमा एक जनाको मृत्यु भएको न्युजिल्याण्ड प्रहरीले जनाएको छ । अकल्याण्डमा मृत्यु हुनेमा दुई जना नै उद्दारकर्ता रहेका थिए । एक जनाको सोमबार शव भेटिएको थियो भने अर्का एक जनाको बिहीबार अस्पतालमा मृत्यु भएको हो । त्यस्तै हक्स बेमा एक जना महिलाको मृत्यु भएको थियो भने नेपियरको समुन्द्रिक तटमा एक जनाको शव भेटिएको थियो । हक्स बे कै इस्कडेलमा बुधबार एक बालिकाको शव भेटिएको थियो । त्यस्तै गिसबर्नमा आज बिहान अर्का एक पुरुषको शव भेटिए पछि मर्नेको संख्या ६ पुगेको हो ।