279
Shares
न्युजिल्याण्ड सरकारले चक्रवात आँधीले प्रभावित भएका क्षेत्रहरुका लागि ५ करोड डलरको सहयोग प्याकेज घोषणा गरेको छ ।
प्रधानमन्त्री क्रिस हिप्किन्स र अर्थ मन्त्री ग्रान्ट रोबर्टसनले उक्त सहयोग प्याकेजको घोषणा गरेका हुन् । चक्रवातले प्रभावित व्यवसायहरूलाई तत्काल राहत प्रदान गर्न, साथै राष्ट्रिय आपतकालको विस्तार, नयाँ चक्रवात रिकभरी टास्कफोर्स लागि सहयोग प्याकेज उपयोग हुने बताईएको छ । यातायात, विद्युत र दूरसञ्चार सम्पर्क पुनःस्थापना गर्न उक्त रकमको प्रयोग गरिने छ । उक्त राहतको विनियोजन स्थानीय व्यापारी समूह, माओरी समुदाय र स्थानीय सरकारसँग समन्वय गरेर प्रयोग गरिने सरकारले तयारी गरेको छ ।