न्युजिल्याण्डमा आज २० नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २० जनामा कोरोनाको संक्रमण भेटिएको हो । यो सँगै न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या ८२१ पुगेको छ । ४० जनाको अस्पतालमा उपचार भईरहेको छ । ६
जनालाई भने आईसियुमा राखेर उपचार गराईरहेको मन्त्रालयले जनाएको छ ।
अकल्याण्डबाहेक बाँकी न्युजिल्याण्ड मंगलवार मध्यरातबाट लेभल २ मा
कोरोना संक्रमितको संख्यामा कमी आए सँगै न्युजिल्याण्ड सरकारले अकल्याण्डबाहेकका शहरहरुमा लगाएको लेभल ३ को लकडाउनलाई केही खुकुलो पार्दै मंगलबार मध्यरातबाट देशलाई लेभल २ मा लाने भएको छ । सबैभन्दा बढी संक्रमित देखिएको अकल्याण्डमा भने अझै एक साता लेभल ४ नै कायम रहने छ । बाँकी देश भने मंगलबार मध्यरात १२ बजेबाट लेभल २ मा जाने प्रधानमन्त्री जसिन्डा आर्डेनले बताएकी छिन् । प्रधानमन्त्री आर्डेनका अनुसार लेभल २ मा पनि केही नियमहरु अनिवार्य गरिएको छ । सार्वजनिक स्थान जस्तै पसल, सुपरमार्केट , शपिङ मल लगायतका स्थानहरुमा मा मास्कको प्रयोग, २ मिटरको सामाजिक दुरी , क्यु आर कोड स्क्यान लगायतका नियमलाई अनिवार्य रुपमा पालना गर्न प्रधानमन्त्रीको आग्रह थियो । लेभल २ मा स्कुल कलेज हरु खोलिने र मास्कको प्रयोग अनिवार्य नगरिएपनी १२ वर्ष भन्दा माथिकालाई मास्क लगाउन स्वास्थ्य मन्त्रालयका महानिर्देशक यस्ले ब्लूमफिल्डले सुझाव दिएका छन् । त्यस्तै होटेल, रेस्टुराँ , बार लगायतका खानपिन हुने स्थानमा मास्क प्रयोग नगर्दा पनि हुने तर त्यस्ता व्यवसायका कर्मचारीले भने अनिवार्य मास्क लगाउनु पर्ने ब्लूमफिल्डको भनाइ थियो ।


