नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित – New Zealand News Nepal (NZ News Nepal)

नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

   March 10, 2023  

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदकाे मत पाए। पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन्। पौडेलले नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका हुन्। यससँगै उनी संघीय लोकतान्त्रिक गणतन्त्रको चौथो कार्यकालका लागि तेश्रो रास्ट्रपति बनेका छन्। पौडेललाई राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहित १० दलको समर्थन थियो।

उनका प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे। नेम्वाङलाई एमालेको मात्रै मत खसेको छ। राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए। उता प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार ) सांसदले मत दिएका थिए।