न्युजिल्याण्डको नर्थ आईल्याण्ड र साउथ आईल्याण्डको बिभिन्न ठाउँमा एकै दिन छुट्टाछुट्टै भुकम्प गएको छ ।
मध्यरातमा बे अफ प्लेन्टीको बिभिन्न भुभागमा कयौ भुकम्प महसुस गरिएको छ । बिहान ३:२९ बजे ३.४ रेक्टर स्केलको पहिलो भुकम्प गएको थियो । त्यसलगतै पुन: ४ रेक्टर भन्दा कमका केही भुकम्पको कम्पन महसुस गरिएको थियो । आजै बिहान ४:४६ बजे ४.८ रेक्टर स्केलको अर्को भुकम्प गएको थियो । यो भुकम्प बे अफ प्लेन्टीको सयौँ मानिसले महसुस गरेका थिए । त्यस्तै बिहान ९ बजे ४.७ रेक्टरको अर्को भुकम्प गएको थियो । यि सबै भुकम्प बे अफ प्लेन्टीको फाकताने आसपास केन्द्रबिन्दु बनाएर गएको थियो ।
त्यस्तै आज दिउँसो १ बजेर ४२ मिनेटमा साउथ आईल्याण्डको क्राईसचर्च नजिकै आकारोवा केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भुकम्प गएको छ । हजारौँले उक्त भुकम्प महसुस गरेको जियोनेटले जनाएको छ ।