‘७० औं एभरेष्ट डे’ को अवसरमा न्युजिल्याण्डमा बिशेष कार्यक्रम आयोजना गरिने

395 Shares

पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको दिनको सम्झना र नेपालको पर्यटन प्रवर्धनका लागि न्यूजिल्याण्डमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ७० वर्ष पुगेको अवसरमा नेप्लीज कल्चर एन्ड टुरिजम प्रमोशन फोरम न्यूजिल्याण्डको आयोजनामा राजधानी वेलिङ्टनमा आउदोँ मे २९मा ७० औं एभरेष्ट डे आयोजना हुँदै छ । हरेक वर्ष मे २९ तारिकका दिन विश्वभर अन्तराष्ट्रिय सगरमाथा दिवस अर्थात एभरेष्ट डे मनाईन्छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पाइला राखेका सर एडमण्ड हिलारी र तेन्जिङ शेर्पाको सम्मान कार्यक्रम आयोजना गरिन लागेको हो ।

एक दिने कार्यक्रममा दुई देशबीचको पर्यटन प्रवर्धन र कला संस्कृतिहरुको प्रवर्धनका लागि विभिन्न कार्यक्रमहरु गरिने छ । कार्यक्रममा न्यूजिल्याण्डका मन्त्री, सांसद, उद्योगी, व्यवसायीसहित अन्य विशिष्ट व्यक्तिहरुको सहभागिता रहने छ । नेपालबाट पनि मन्त्री, पर्यटन व्यवसायी र पत्रकारहरुलाई निमन्त्रणा गरिएको छ।

नेपालमा पर्यटनको ठूलो सम्भावना भएपनि उचित प्रचार प्रसारको अभावमा लाभ लिन नसकेको कारण धेरै भन्दा धेरै न्यूजिल्याण्डका पर्यटकहरुलाई नेपाल भ्रमणमा पठाउने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागिएको फोरमका अध्यक्ष एवम् नेपालका लागि न्यूजिल्याण्डका अवैतानिक पर्यटनदूत डा. रमिल अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

सबै