855
Shares
अब न्युजिल्याण्डका ३ शहरबाट नेपाली पासपोर्ट नविकरण गर्न मिल्ने भएको छ ।
न्युजिल्याण्डमा रहेको नेपाली अवैतानिक दुतावासले जारी गरेको सुचनामा न्युजिल्याण्डको काईसचर्च, अकल्याण्ड र तउरंगामा नेपाली पासपोर्ट नविकरणका लागि मिती तोकिएको छ । साउथ आईल्याण्डको क्राईसचर्चमा जुन २ तारिक, नर्थ आईल्याण्डको अकल्याण्डमा जुन ५ तारिक र तउरंगामा जुन ७ तारिकका दिन पासपोर्ट नविकरण सेवा प्रदान गरिने दुतावासले जनाएको छ । सन् २०२४ मे ३१ यता पासपोर्टको म्याद सकिनेले यो सेवा लिन सक्ने छन् । सेवा लिनको लागि आफ्नो नाम र पायक पर्ने शहरको नाम दर्ता गर्न दुतावासले आवहान समेत गरेको छ ।