न्युजिल्याण्ड आईपुगे गायक बिपुल क्षेत्री, शनिबार भव्य कन्सर्ट

624 Shares

युवा पुस्ताका चर्चिक गायक बिपुल क्षेत्री न्युजिल्याण्ड आईपुगेका छन् । उनी सहित ट्रयाभ्लिङ ब्याण्डका सदस्यहरु सोमबार मध्यरात अकल्याण्ड आईपुगेका हुन् । आउँदो शनिबार आयोजना हुन गईरहेको कन्सर्टमा प्रस्तुती दिन उनिहरु अकल्याण्ड आईपुगेका हुन् । यस अघि उनिहरुले अष्ट्रेलियाका ८ शहरमा आफ्नो प्रस्तुती दिएका थिए । अष्ट्रेलियाको टुर सकेर उनिहरु न्युजिल्याण्ड आएका हुन् । पहिलो पटक न्युजिल्याण्डमा प्रस्तुती दिन पाउँदा आफु उत्साहित रहेको कुरा गायक क्ष्रेत्रीले आफ्नो सामाजिक सन्जालमार्फत व्यक्त गरेका छन् ।

लाखें ईभेट्सको आयोजनामा  अकल्याण्डको ‘स्टुडियो द भेन्यु’मा शनिबार गायक बिपुल क्षेत्रीले आफ्नो प्रस्तुती दिदै छन् ।
कार्यक्रममा न्युजिल्याण्डको स्थानीय ब्याण्ड नक्षत्रले समेत प्रस्तुती दिने छन् । कार्यक्रम साझँ ७ बजे देखि सुरु हुने छ । लाखें ईभेट्सले यसअघि गायक प्रकाश सपुत, कमेडियन भरतमणी पौडेललाई समावेश गरेर दशैँ धमाका न्युजिल्याण्डका ६ शहरमा आयोजना गरेको थियो । त्यस्तै गायक सविन राईको कन्सर्ट पनि गत नोभेम्बरमा आयोजना गरेको थियो ।

 

सम्बन्धित समाचार

सबै