न्युजिल्याण्ड सरकारले न्युजिल्याण्डमा काम गर्नको लागि पाईने प्रति घण्टाको न्युनतम ज्याला (Minimum Wages) बढाएको छ । भोली अर्थात अप्रिल १ तारिकबाट न्युजिल्याण्डमा न्युनतम ज्याला २२ डलर ७० सेन्ट हुने भएको छ । सरकारले प्रत्यक वर्ष अप्रिल महिनामा न्युनतम ज्याला बढाउने गरेको छ । सन् २०२२ मा न्युजिल्याण्डमा न्युनतम ज्याला २१.२० डलर थियो । अब भने यो डेढ डलर बढेर २२.७० पुग्ने भएको छ । पछिल्लो केही वर्ष यता न्युजिल्याण्ड सरकारले प्रत्यक वर्ष औषद १.७५ डलरले न्युनतम ज्याला बढाउने गरेको छ ।
सन् २०१८ मा न्युजिल्याण्डमा न्युनतम ज्याला १६ .५० डलर थियो । त्यस्तै सन् २०१७ मा १.२० डलर बढाएर १७.७० डलर पुर्याइएको थियो । सन् २०२० मा १८.९० र सन् २०२१ मा २० डलर सम्म पुगेको थियो । सन् २०२२ मा २० डलरमा १.२० डलर थप गरेर २१.२० डलर बनाइएको थियो ।
यो वर्ष भने सरकारले कायम ज्यालामा १.५० डलर बढाएर २२.७० पुर्याएको हो । सरकारले बालबालिकामा हुने गरिवी र असमानता लाई न्युनिकरण गर्न भनेर हरेक वर्ष न्युनतम ज्याला बढाउने गरेको बताएको छ ।