न्युजिल्याण्डमा चिसो बढ्यो, शनिबार वर्षाको सम्भावना

273 Shares

न्युजिल्याण्डमा २ दिन यता चिसो एक्कासी बढेको छ । न्युजिल्याण्डको नर्थ आईल्याण्ड र साउथ आईल्याण्ड दुबै क्षेत्रमा दुई दिन यता चिसो बढेको हो । अधिकाशं क्षेत्रमा तापक्रम ह्वातै घटेको छ । मेट सर्भिसका अनुसार साउथ आईल्याण्डका केही क्षेत्रमा तापक्रम माईनसमा झरेको छ । त्यस्तै नर्थ आईल्याण्डमा बिभिन्न शहरमा तापक्रम ३ डिग्रीसम्म झरेको छ । एक दुई दिन चिसो बढेपनि तत्काल तापक्रम एकैनास नहुने मेटसर्भिसले जनाएको छ । आउदो शनिबार साउथका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पनि चिसो धेरै दिन नहुने बताईएको छ । त्यस्तै नर्थका केही स्थानमा पनि शनिबार हल्काले मध्यम वर्षा हुनसक्ने बताईएको छ ।

न्युजिल्याण्डमा अहिले शरद ऋतु चलिरहेको छ । जुन देखि अगस्तलाई न्युजिल्याण्डमा मध्य जाडोको महिना मान्ने गरिन्छ । तर अहिले मार्च नसकिन लाग्दै न्युजिल्याण्डबासीलाई जाडो महिनाको आभास सुरु भएको छ ।

सम्बन्धित समाचार

सबै