संसदमा अन्तिम सम्बोधन गर्दै राजनीतीबाट बिदा भईन् जसिन्डा आर्डेन

448 Shares

न्युजिल्याण्डकी पुर्व प्रधानमन्त्री जसिन्डा आर्डेनले आज संसदमा अन्तिम पटक सम्बोधन गरेकी छिन् । यो सम्बोधन सँगै उनी न्युजिल्याण्डको राजनितीबाट बिदा भएकी छिन् । उनले अबको समय आफ्नो परिवार र व्यतिगत जीवनलाई दिने भन्दै गत जनवरीमा प्रधानमन्त्री पदबाट राजिनामा दिएकी थिईन् । उनले सो समयमा आफु उपनिर्वाचनको पक्षमा नरहेको भन्दै सांसद पदबाट पनि आउदो अप्रिलमा बिदा लिने बताएकी थिईन् । त्यसै अनुरुप उनले न्युजिल्याण्डको संसदमा अन्तिम पटक आज सम्बोधन गरेकी हुन् । सम्बोधनका क्रममा उनले सम्पूर्ण न्युजिल्याण्डबासीलाई आफ्नो कार्यकालमा साथ र सहयोग गरेकोमा आभार व्यक्त गरेकी थिईन् । त्यस्तै उनले आफ्न सहकर्मीहरुलाई समेत धन्यवाद दिएकी थिईन् ।

जसिन्डा राजनीतिबाट टाढिएपनि उनको अबको यात्रा भने बिशेष हुने देखिएको छ । उनलाई प्रधानमन्त्री क्रिसहिप्किङ्सले क्राईसचर्च कलको बिशेष दुतको रुपमा नियुक्त गरेका छन् । त्यस्तै राजकुमार विलियमको अर्थसट प्राईजको बोर्डमा उनी सहभागी भएकी छिन् । सन् २०१९ मा क्राईसचर्चमा भएको आतंकी हमलापछि अन्लाईन सुरक्षा लगायतको बिषयमा सरकारसँग काम गर्न क्राईसच्र्च कलको गठन गरिएको थियो । जसिन्डा अब त्यसैको बिशेष दुतको रुपमा काम गर्ने छिन् ।

सन् १९९९ मा जसिन्डाले लेबर पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिईन् । जसिन्डाको संसदिय यात्रा भने सन् २००८ बाट सुरु भएको थियो। मार्च ८ सन् २००८ मा उनी सांसदको रुपमा नियुक्त भएकी थिईन् । सन् २०१७ अक्टोबरमा जसिन्डा देशको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएकी थिईन् । उनको पहिलो कार्यकाल भने सन् २०२० मा सकिएको थियो । तर लेबर पार्टी एक्लैले सन् २०२० मा बहुमत ल्याए पछि उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेकी थिईन् ।
दोस्रो कार्यक्राल सकिन ८ महिना बाँकी रहदै प्रधानमन्त्रीले गत जनवरीमा राजिनामाको घोषणा गरेकी थिईन् ।

सम्बन्धित समाचार

सबै