नेपलिज वारियर्स फूटबल क्लबको नयाँ कार्यसमिती गठन

455 Shares

न्युजिल्याण्डको नर्थआईल्याण्ड स्थित वे अफ प्लेन्टीमा रहेको नेपलिज वारियर्स फूटबल क्लब आगामी दुई वर्षको लागि नयाँ कार्यसमिती गठन गरेको छ। प्रकाश बरालको अध्यक्षतामा गठन भएको समितीमा ५ सदस्यसहित १३ पदाधिकारी नियुक्त भएका छन् । उपाध्यक्षमा बिकास माझी, महासचिवमा डेनिस जोशी, उपसचिवमा कमल छेत्री, कोषाध्यक्षमा हरि सापकोटा रहेका छन् । त्यस्तै क्लबको मेनेजरमा प्रकाश उप्रेती, एसिस्टेन्ट मेनेजरमा सुमन गुरुङ, ईभेन्ट संयोजकमा सलप थापा चयन भएका छन् । कार्यसमितीको सदस्यहरुमा सौरभ गुरुङ, पारस आचार्य, शुभ डंगोल, निरोज महर्जन र रविन महर्जन रहेका छन् । सन् २०२१ अगस्तमा स्थापना भएको नेपलिज वारियर्स फूटबल क्लबले न्युजिल्याण्डमा आयोजना हुने बिभिन्न फूटबल प्रतियोगितामा सहभागीता जनाएको छ ।

त्यस्तै क्लबले न्युजिल्याण्डमा  नेपाली चलचित्र कबड्डी ४ प्रदर्शन सेमत गरेको छ ।

सम्बन्धित समाचार

सबै