न्युजिल्याण्डमा अब ३६५ दिन नै बैक भुक्त्तानी हुने, छुट्टीको दिन पठाएको पैसा सोही दिन पाईने

550 Shares

आउँदो मे २६ तारिकबाट न्युजिल्याण्डका बैंकहरुले वर्षको ३६५ दिन नै बैक भुक्तानी गर्ने भएका छन् ।
यसअघि हफ्ताको ५ दिन सोमबारबाट शुक्रबारसम्म मात्र भुक्तानी हुने गरेको थियो ।
त्यस्तै सार्वजनिक बिदाको दिन पनि भुक्तानी बन्द थियो । शनिबार, आईतबार र सार्वजनिक बिदाको दिन गरेको भुक्तानी सोमबार वा बैंक खुल्ने दिन मात्र हुने गरेको थियो । अब भने जुन दिन गरेको सोही दिन भुक्तानी हुने भएको छ ।
यसो गर्नेमा न्युजिल्याण्डका ANZ, ASB, BNZ, Kiwi Bank, TSB,Westpac, Bank of China, CCB,Citi Bank र HSBC बैकहरु रहेका छन् ।

यो सुबिधा आउँदो मे २६ तारिकबाट लागु हुने छ ।

सम्बन्धित समाचार

सबै