न्युजिल्याण्डमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या बढ्न थालेको छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो बिबरण अनुसार न्युजिल्याण्डमा एकसातामा १४,२४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो ७ दिनमा ३२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।३६३ जनाको अस्पतालमा उपचार भईरहेको छ ति मध्ये ९ जनालाई आईसीयुमा राखिएको छ ।
न्युजिल्याण्डमा हालसम्म २२ लाख भन्दा बढी मानिसलाई कोरोना संक्रमण भईसकेको छ । यो न्युजिल्याण्डको जनसंख्याको ४५ % हो ।
त्यस्तै हालसम्म २ हजार ७ सय १६ जनाको कोरोना संक्रमणबाट ज्यान गईसकेको छ ।


