403
Shares
न्युजिल्याण्ड सरकारले सवारी लाईसेन्सको परिक्षाको लागि लिदै आएको शुल्क परिमार्जन गर्ने भएको छ ।
आउदो अक्टोबरबाट लागु हुने गरि शुल्क परिमार्जन गर्न लागिएको यतायात मन्त्री माईकल वुडले जानकारी दिएका छन् ।
अक्टोबरबाट पहिलो चरणमा नै लाईसेन्सको टेस्ट पास गर्नेको लागि शुल्क बढ्ने भएको छ ।
हाल लनर्स लाईसेन्सको लागि परिक्षा शुल्क बापत ९३.९० डलर तिर्दै आएकोमा अक्टोबरबाट ९६.१९ तिर्नु पर्ने छ ।
त्यस्तै रेस्ट्रिकटेडका लागि हाल १३४.८० तिर्दै आएकोमा ओक्टोबरबाट ३० डलर बढी तिर्नु पर्ने छ ।
फुल लाईसेन्स लिनेहरुका लागि भने शुल्क घटेको छ । हाल १०९.५० तिर्दै आएकोमा अक्टोबरबाट ९८.९६ तिर्नु पर्ने छ ।
पहिलो चरणमा परिक्षा पास गर्न नसक्नेहरुका लागि भने दोस्रो मौकाका लागि शुल्क घट्ने भएको छ ।
परिमार्जन गरेको शुल्क यस प्रकार छन् :
