305
Shares
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्स दुई दिने भ्रमणका लागि भोली अष्ट्रेलिया जाने भएका छन् ।
आफ्ना समकक्षी अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अन्बानिजलाई भेट्न प्रधानमन्त्री हिप्किन्स शनिबार ब्रिजबेन जान लागेका हुन् ।
भेटका क्रममा दुई देश बिचको आपसी सम्बन्धका बिशेषमा कुरा हुने बताईएको छ । दुई नेता बिच गत फेब्रुअरीमा भेट भएको थियो । प्रधानमन्त्री भईसकेपछि प्रधानमन्त्री हिप्किन्सको यो दोस्रो अष्ट्रेलिया भ्रमण हो । त्यस्तै भ्रमण कै क्रममा प्रधानमन्त्री हिप्किन्सले केही व्यापारिक कार्यक्रम तथा बैठकमा समेत सहभागी हुने भएका छन् । प्रधानमन्त्री आईतबार न्युजिल्याण्ड फर्किने कार्यक्रम छ ।