नेपाल उपनिर्वाचन: तनहुँ–१ मा स्वर्णिम वाग्ले निर्वाचित, चितवनमा रविले कटाए ४० हजार मत

244 Shares

आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन्।  कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका वाग्ले भारी मतान्तरसहित निर्वाचित भएका हुन्।  कांग्रेसको गढका रुपमा रहेको यो निर्वाचन क्षेत्रमा स्वर्णीमले ऐतिहासिक जित निकालेका हुन्। वाग्लेले ३४ हजार ४८० मत प्राप्त गरेका छन्।  यता सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवारी दिएका कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत पाएका छन्। भट्टराईभन्दा वाग्लेले १४ हजार ३८८ मत बढी ल्याइका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले भने ८ हजार ५५५ मत प्राप्त गरेका छन्।

चितवनमा रविले कटाए ४० हजार मत

चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी छ। जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले भारी मतान्तरसहितको अग्रता कायम राखेका छन्। लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ७ हजार ४५७ मत ल्याएका छन्। कांग्रेसका श्रेष्ठ लामिछानेभन्दा ३२ हजार ६१२ मतले पछाडि छन्।  यस्तै, नेकपा एमालेका उम्मेदवार राम प्रसाद न्यौपाने ७ हजार २६८ मत ल्याएर तेस्रो स्थानमा छन्।

सम्बन्धित समाचार

सबै