अष्ट्रेलियाको Age Care मा काम गर्ने नर्स र Support Worker को तलब १५ % ले बढ्दै

341 Shares

अष्ट्रेलियाको एजकेयर क्षेत्रमा काम गर्नेहरुको तलब आगामी जुलाई १ बाट १५ प्रतिशतले बृद्धि हुने भएको छ । एजकेयर क्षेत्रमा पर्ने एआईएन, रजिष्ट्र नर्स र सहयोगी कामदारहरुको तलब १५ प्रतिशतले बृद्धि गर्न लागिएको संघीय एजकेयर मन्त्री अनिका वेल्सले जानकारि दिईन ।

तलब बृद्धिका लागि संघीय सरकारले आगामी बजेटमा ११ विलियन डलर बढी छुट्याएको छ । अष्ट्रेलियाको एजकेयर क्षेत्रमा साँढे दुई लाख बढी कार्यरत रहेको सरकारी तथ्यांक छ । लामो समयदेखी एजकेयर क्षेत्रमा कार्यरत श्रमिकहरुले तलब र सेवा सुविधा कम भएको, लामो समयसम्म काम गर्नुपर्ने भन्दै तलब बृद्धीको माग गर्दै आएका थिए । अष्ट्रेलियाको फेयर वर्क अम्बुस्डम्यानले अस्थायी रुपमा कामदारको माग सम्बोधन गर्न भन्दै १५ प्रतिशतको तलब बृद्धिको अन्तरिम व्यवस्था लागु गराएको थियो ।

सम्बन्धित समाचार

सबै