310
Shares
मेट सर्भिसले न्युजिल्याण्डका अधिकांश ठाउँमा वर्षा हुने भएकाले सचेत रहन चेतावनी दिएको छ ।
नर्थ र साउथ आईल्याण्डको धेरै जसो स्थानमा आज दिनभर भारी वर्षा हुने बताईएको छ ।
नर्थको नर्थल्याण्ड, अकल्याण्ड, कोरोमण्डल, वे अफ प्लेन्टी, तारानाकी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मेट सर्भिसले जनाएको छ ।
साउथको तास्मान क्षेत्र, नेल्सन, ग्रे र वेष्टल्याण्ड क्षेत्रमा आज बिहानबाट भारी वर्षाको चेतावनी दिईएको छ ।
भारी वर्षा हुने यि स्थानमा मेघगर्जन सहित चट्याङको सम्भावना पनि रहेको छ ।