न्युजिल्याण्डमा भारी वर्षा: अकल्याण्डमा ‘आपतकाल’ घोषणा – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा भारी वर्षा: अकल्याण्डमा ‘आपतकाल’ घोषणा

   May 10, 2023  

लगातरको वर्षापछि आएको बाढीका कारण न्युजिल्याण्डको अधिकांश क्षेत्र प्रभावित बनेको छ ।

न्युजिल्याण्डको नर्थ आईल्याण्डस्थित नर्थ ल्याण्ड, कोरोमन्डल, वे अफ प्लेन्टी क्षेत्रमा वर्षाले बढी प्रभाव पारेको छ ।
देशको सबैभन्दा ठुलो शहर अकल्याण्डमा वर्षा पछि आएको बाढीका कारण स्थानिय सरकारले आपतकालको घोषणा गरेको छ ।

अकल्याण्डका केही क्षेत्रमा सडक अवरुद्द भएको छ भने धेरै जसो स्थान डुबानमा परेको छ ।