उच्च शिक्षा अध्ययनका लागि न्युजिल्याण्ड धेरै विधार्थीको रोजाईमा पर्ने गर्दछ । अष्ट्रेलिया, अमेरिका, बेलायत र क्यानडापछि न्युजिल्याण्डमा उल्लेख्य मात्रामा अन्तराष्ट्रिय विधार्थी उच्च शिक्षा हासिल गर्न न्युजिल्याण्ड आउने गरेको पाईन्छ । गत ८ महिनामा न्युजिल्याण्डमा ३२ हजार ४ सय ४५ जना अन्तराष्ट्रिय विधार्थीको स्टुडेन्ट भिसा स्विकृत गरिएको छ । यो संख्या कोभिड आउनु अगाडि अर्थात सन् २०१८-२०१९ भन्दा १० % ले बढी हो । सन् २०१८-२०१९मा २६ हजार ६ सय १६ जनाको भिसा स्विकृत भएको थियो । न्युजिल्याण्डमा सबै भन्दा बढी चीनका विधार्थी उच्च शिक्षा हासिल गर्न प्रवेश गर्ने गरेका छन् । त्यस्पछि भारत दोस्रो नम्बरमा छ भने फिलिपिन्सका विधार्थी तेस्रो नम्बरमा रहेको छन् । हाल न्युजिल्याण्डले २५ वटा देश बाट अन्तराष्ट्रिय विधार्थीलाई प्रवेश स्विकृत दिईरहेको छ । अन्य देशहरु अष्ट्रेलिया, अमेरिका, बेलायत र क्यानडामा भने भारतका विधार्थी पहिलो नम्बरमा छन् । त्यस्पछि नाईजेरिया रहेको छ । अष्ट्रेलियामा भने नेपाल तेस्रो नम्बरमा रहेको छ ।
न्युजिल्याण्डमा नेपालबाट आएका विधार्थीको संख्या भने अघिल्लो वर्ष अर्थात कोभिड आउनु भन्दा अगाडिको समय भन्दा कम रहेको पछिल्लो विवरणले देखाएको छ । नाईजेरियाबाट र नेपालबाट अपेक्षा गरेभन्दा कम विधार्थी आएको युनिभर्सीटिज न्युजिल्याण्डका प्रमुख क्रिस वेलनले बताएका छन् । जहा अष्ट्रेलियामा नेपालबाट आउने बिद्यार्थी संख्याको आधारमा तेस्रो नम्बरमा छन् । वेलनले यस्को केही कारण हुन सक्ने औलाएका छन् । पहिलो न्युजिल्याण्डमा बढ्दै गएको महँगाई, उच्च शैक्षिक शुल्कका कारण नेपालमा मध्यम वर्गियलाई यस्ले प्रभाव पारेको छ । त्यस्तै कोभिडताका लगाईएको लकडाउन र सिमा बन्द जुन दुई वर्ष भन्दा बढी समयसम्म थियो यस्ले पनि नेपालबाट अन्तराष्ट्रिय विधार्थीको कमी आएको छ । त्यस्तै ईमिग्रेशनले लागु गरेको केही कडा नियमका कारण पनि नेपालबाट विधार्थीको कामि भएको हुनसक्ने वेलनले विश्लेषण गरेका छन् ।