न्युजिल्याण्डका सबै भन्दा जेठा पुरुष मान्छे ज्याक कोको निधन भएको छ ।
आफ्नो १०७ औँ जन्मदिन मनाएको दुई दिन पछि उनको निधन भएको हो ।
सन् १९१६ मे ११ तारिकका दिन जन्मिएका ज्याक बिहीवार मात्र आफ्नो १०७ औँ जन्मदिन मनाएका थिए ।
नर्थ आईल्याण्डको पाल्मेशन नर्थ नजिकै रहेको बुल्समा उनी जन्मिएका हुन् ।
केही महिना अघि सम्म हिड्डुल गर्न सक्ने ज्याकको स्वास्थ्य बिग्रिएपछि उनलाई ताउपो स्थित एक एज केयरमा राखिएको थियो ।
शुक्रबारबाट भने उनको स्वास्थ्य अवस्था गम्भिर थियो ।
उनका एक छोरा र एक छोरी गरि दुई सन्तान छन् । उनको मार्टनमा बिशेष समारोहका बिच अन्त्यष्टि गरिने बताईएको छ ।


