वेलिङटनस्थित एक लजमा आगलागी, ६ जनाको मृत्‍यु भएको प्रधानमन्त्रीद्वारा पुष्टि – New Zealand News Nepal (NZ News Nepal)

वेलिङटनस्थित एक लजमा आगलागी, ६ जनाको मृत्‍यु भएको प्रधानमन्त्रीद्वारा पुष्टि

   May 16, 2023  

राजधानी वेलिङ्टनमा रहेको एक लजमा गएराति आगलागी हुँदा ६ जनाको मृत्‍यु भएको छ ।
प्रधानमन्त्री क्रिस हिप्किन्सद्वारा आगलागीमा परि ६ जनाले ज्यान गुमाएको पुष्टि गरेका छन् ।
न्युटाउनस्थित एडिलेड रोडमा रहेको लोफर्स लजमा मध्यराती आगलागी भएको हो । राती १२:२५को समयमा दमकल र उद्दार टोलीलाई आगलागी बारे खबर गरिएको थियो । ५२ जनाको तत्काल उद्दार गरिएको थियो जसमध्ये ५ जना घाईतेलाई अस्पताल लगिएको थियो । त्यस्तै घाईते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । आगलागी अहिले नियन्त्रणमा आईसकेको छ । आगलागी भएपछि बज्ने साईरन अर्थात Fire Alarm नबजेकाले आगलागी बारे केही ढिलो थाह पाईएको स्थानियले बताएका छन् । आगलागीको समयमा उक्त लजमा ९४ जना मानिस बसोबास गरिरहेको बताईएको छ । दर्जनौ मानिस हराईरहेको र केहीको शव नचिनिने अवस्थामा रहेको न्युजहबले जनाएको छ ।