वेलिङ्टन आगलागी: मृत्‍यु हुनेको संख्या १० पुग्यो – New Zealand News Nepal (NZ News Nepal)

वेलिङ्टन आगलागी: मृत्‍यु हुनेको संख्या १० पुग्यो

   May 16, 2023  

राजधानी वेलिङ्टनमा रहेको एक लजमा गएराति भएको आगलागीमा परि मृत्‍यु हुनेको संख्या १० पुगेको छ । न्युटाउनस्थित एडिलेड रोडमा रहेको लोफर्स लजमा मध्यराती १२:२५मा आगलागी भएको थियो । २० वटा दमकल घटनास्थलमा पुगेका थिए । ५२ जनाको तत्काल उद्दार गरिएको थियो । करिब ३० जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । मृत्‍यु हुनेको संख्या बढ्न सक्ने बताईएको छ । हाल हराईरहेकाहरुको खोजी कार्य भईरहेको छ।