हिजो बिहान राजधानी वेलिङ्टनमा भएको आगजनीमा केही मानिसको हात रहेको र जानीजानी आगो लगाईएको प्रहरीले आशंका गरेको छ ।
वेलिङ्टन प्रहरीका अनुसार यो घटनालाई गम्भिर रुपमा अनुसन्धान गरिएको छ । आगलागीले ठुलो रुप लिनु अगाडि नै सानो आगो केही घण्टा अगाडि सल्किएको प्रहरीले बताएको छ । तर त्यसबारे कसैलाई जानकारी गराईएको थिएन । प्रहरीले यस्लाई सामुहिक आत्मदाहको प्रयासको रुपमा पनि लिएको बताएको छ । तर यसबारे पुष्टि गर्न अहिले पर्याप्त आधार नभएको प्रहरीको भनाई छ ।
वेलिङ्टनको न्युटाउनस्थित एडिलेड रोडमा रहेको लोफर्स लजमा सोमबार मध्यराती आगलागी भएको थियो । लोफर्स लजमा भीषण आगलागी हुँदा पनि फायर आलर्म नबज्नुलाई गम्भिर रुपमा प्रहरीले हेरेको छ । आगलागीमा परि ६ जनाको मृत्यु भएको पुष्टि भईसकेको छ भने कम्तिमा १० जनाको ज्यान गएको हुन सक्ने बताईएको छ । ५२ जनाको तत्काल उद्दार गरिएको थियो भने केही मानिसको अवस्था अझै अज्ञात रहेको छ ।


