भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सलाई भारत भ्रमणको निम्तो दिएका छन् ।
पपुवा न्युगिनीमा भएको दुई नेता बिचको भेटका क्रममा मोदिले हिप्किन्स लाई भारत भ्रमणको निम्तो दिएका हुन् । हिप्किन्सको भारत भ्रमणमा
भारत र न्युजिल्याण्ड बिच स्वतन्त्र व्यापार सम्झौताको बारेमा छलफल हुन सक्ने बताईएको छ ।
आफ्नो भारत भ्रमण भने तत्काल सम्भव नरहेको प्रधानमन्त्रीले स्पष्ट परेका छन् । पपुवा न्युगिनीबाट फर्किए पछी उनले आज बिहान एक कार्यक्रममा बोल्दै भारतीय प्रधानमन्त्रीले आफुलाई भारत भ्रमणको निम्तो दिएको र त्यस्मा आफुले सकारत्मक जबाफ दिएको बताएका छन् । आउँदो ओक्टोबरमा हुन लागेको आम निर्वाचन अघि आफु भारत भ्रमणमा जान नसक्ने तर व्यापार मन्त्री डेमियन ओ’कनरले चुनाव अघि नै भारतको जाने र आफ्नो भ्रमणको तयारी गर्ने बताएका छन् ।
मोदी र हिप्किन्स बिच पपुवा न्युगिनीमा पहिलो पटक भेट भएको थियो ।