आपतकालिन सुचनाको परिक्षण आईतबार गरिने, तपाईंको मोबाईलमा यस्तो मेसेज आउँदै !

419 Shares

आपतकाल व्यवस्थापना विभागले आउँदो आईतबार न्युजिल्याण्डमा आपतकालिन सुचनाको परिक्षण गर्ने भएको छ । आईतबार साझँ न्युजिल्याण्डका करिब ५० लाख मोवाईलमा आपतकालिन सुचना आउने छ । यो सुचना परिक्षणको लागि पठाईने भएकाले यस्लाई अभ्यासको रुपमा लिन विभागले अनुरोध गरेको छ । यस्तो खाल्को सुचना आएमा आफुले गर्दै गरेको काम रोकेर, सुचना पढ्न र यस्लाई गम्भिर रुपमा लिन भनिएको छ ।

सुचना परिक्षणको लागि पठाईने भएकाले यस्लाई लिएर नआत्तिन समेत विभागले अनुरोध गरेको छ । आपतकालिन मोवाइल सुचना आईतबार साझँ ६ देखि ७ बजेको बिचमा पठाउने र उक्त सुचना देशभरका ५० लाख मानिसको मोवाईलमा भाईब्रेशन सहित एकैसाथ डेलिभर हुने बताईएको छ । यो सुचना हरेक १० जनामा ९ जनालाई डेलिभर हुने छ । सुचनाको प्रभावकारिता जाचँ गर्न आईतबार साझँ आपतकालिन सुचनाको परिक्षण गर्न लागिएको हो । आपतकाल व्यवस्थापना विभागले हरेक वर्ष यस्को परिक्षण गर्ने गरेको छ । गत वर्ष मे २२ तारिकका दिन आपतकालिन सुचनाको परिक्षण गरिएको थियो ।

 

सम्बन्धित समाचार

सबै