482
Shares
भोलीबाट न्युजिल्याण्डका बैंकहरुले हफ्ताको सातै दिन बैक भुक्तानी गर्ने भएका छन् ।
यसअघि हफ्ताको ५ दिन सोमबारबाट शुक्रबारसम्म मात्र भुक्तानी हुने गरेको थियो ।
त्यस्तै सार्वजनिक बिदाको दिन पनि भुक्तानी बन्द थियो । शनिबार, आईतबार र सार्वजनिक बिदाको दिन गरेको भुक्तानी सोमबार वा बैंक खुल्ने दिन मात्र हुने गरेको थियो । अब भने जुन दिन गरेको सोही दिन भुक्तानी हुने भएको छ ।
यसो गर्नेमा न्युजिल्याण्डका ANZ, ASB, BNZ, Kiwi Bank, TSB,Westpac, Bank of China, CCB,Citi Bank र HSBC बैकहरु रहेका छन् ।