यि हुन् वेलिङ्टन आगलागीमा परि ज्यान गुमाउनेहरु – New Zealand News Nepal (NZ News Nepal)

यि हुन् वेलिङ्टन आगलागीमा परि ज्यान गुमाउनेहरु

   May 27, 2023  

गत मे १६ तारिक एकाबिहानै राजधानी वेलिङटनमा रहेको एक होस्टलमा आगलागीमा परि मर्नेको नाम र उमेर वेलिङ्टन प्रहरीले सार्वजनिक गरेको छ । सुरुमा प्रधानमन्त्री क्रिस हिप्किन्सले ६ जनाको मृत्‍यु भएको पुष्टि गरेका थिए । प्रहरीले पनि मर्नेको संख्या कम्तिमा १० जना रहेको भनेको थियो तर पछिल्लो समय उद्दारको कार्य सकिएपछि मृत्‍यु हुनेको संख्या जम्मा ५ जना रहेको प्रहरीले जनाएको छ । वेलिङटन प्रहरीका अनुसार आगलागीमा परी हाल सम्म ५ जनाको मात्र मृत्‍यु भएको छ ।

यि हुन् आगलागीमा परि ज्यान गुमाउनेहरु

नाम: Michael Wahrlich उमेर: 67;

नाम: Melvin Joseph Parun, उमेर: 68;

नाम: Peter Glenn O’Sullivan, उमेर: 64;

नाम: Kenneth Barnard, उमेर: 67;

नाम: Liam Hockings, उमेर: 50.

आगलागीको घटनामा अझै ११ जना बेपत्ता रहेको बताईएको छ । उनिहरु सकुशल छन् या छैनन् भन्ने कुराको पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अर्को साता सम्म घटनाको पूर्ण विवरण दिईने प्रहरीले बताएको छ । घटनामा २० जनाको सकुशल उद्दार गरिएको थियो ।

वेलिङटनको न्युटाउनमा रहेको लोफर्स लजमा भएको आगलागी जानी जानी लगाईएको प्रहरीले आशंका गरेको छ । घटनामा संलग्न भएको आशंकामा एक जना लाई वेलिङ्टन प्रहरीले पक्राउ समेत गरेको छ ।