आपतकाल व्यवस्थापना विभागले आज न्युजिल्याण्डमा आपतकालिन सुचनाको परिक्षण गर्दै छ ।
आज साझँ न्युजिल्याण्डका करिब ५० लाख मोवाईलमा आपतकालिन सुचना आउने छ । आपतकालिन मोवाइल सुचना आज साझँ ६ देखि ७ बजेको बिचमा पठाउने र उक्त सुचना देशभरका ५० लाख मानिसको मोवाईलमा भाईब्रेशन सहित एकैसाथ डेलिभर हुने बताईएको छ । यो सुचना हरेक १० जनामा ९ जनालाई डेलिभर हुने छ ।
यो सुचना परिक्षणको लागि पठाईने भएकाले यस्लाई अभ्यासको रुपमा लिन विभागले अनुरोध गरेको छ । यस्तो खाल्को सुचना आएमा आफुले गर्दै गरेको काम रोकेर, सुचना पढ्न र यस्लाई गम्भिर रुपमा लिन भनिएको छ ।
सुचना परिक्षणको लागि पठाईने भएकाले यस्लाई लिएर नआत्तिन समेत विभागले अनुरोध गरेको छ ।
सुचनाको प्रभावकारिता जाचँ गर्न आज साझँ आपतकालिन सुचनाको परिक्षण गर्न लागिएको हो । आपतकाल व्यवस्थापना विभागले हरेक वर्ष यस्को परिक्षण गर्ने गरेको छ । गत वर्ष मे २२ तारिकका दिन आपतकालिन सुचनाको परिक्षण गरिएको थियो ।



