सगरमाथा आरोहणको ७० वर्ष, आज एभरेष्ट डे मनाईदैँ – New Zealand News Nepal (NZ News Nepal)

सगरमाथा आरोहणको ७० वर्ष, आज एभरेष्ट डे मनाईदैँ

   May 29, 2023  

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिकका दिन न्युजिल्याण्डका एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष मे २९ तारिकका दिन विश्व भर सगरमाथा दिवस अर्थात एभरेष्ट डे मनाउने गरिन्छ । न्युजिल्याण्डका बिभिन्न शहरमा एभरेष्ट डे मनाइदै छ । राजधानी वेलिङटनमा आज बिशेष कार्यक्रमको आयोजना गरिदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ७० वर्ष पुगेको अवसरमा नेप्लीज कल्चर एन्ड टुरिजम प्रमोशन फोरम न्यूजिल्याण्डको आयोजनामा राजधानीमा कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रमको प्रमुख अतिथीको रुपमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई आमन्त्रण गरिएको छ ।