पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अष्ट्रेलियामा, आज न्युजिल्याण्ड आउँदै – New Zealand News Nepal (NZ News Nepal)

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अष्ट्रेलियामा, आज न्युजिल्याण्ड आउँदै

   May 29, 2023  

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्युजिल्याण्ड आउँदै छन् ।
एभरेष्ट डेको अवसरमा आयोजना हुने बिशेष कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री नेपाल न्युजिल्याण्ड आउन लागेका हुन् । नेपाल अष्ट्रेलियाको राजधानी क्यानबेराबाट न्युजिल्याण्ड आउन लागेका हुन् । एभरेष्ट डेको अवसरमा अष्ट्रेलियामा आयोजना भएको कार्यक्रममा सहभागी हुन नेपाल पत्नी गायत्री नेपाल सहित शनिबार अष्ट्रेलिया आएका थिए । नेपाल केही दिन न्युजिल्याण्ड बसेर पुन: अष्ट्रेलिया फर्किने छन्। अष्ट्रेलियामा आयोजना हुने केही कार्यक्रममा भाग लिएर उनी यसै साता नेपाल फर्किने कार्यक्रम रहेको छ ।